अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

७ सय ५० डलरको चेक तपाइको मेल बक्समा आउँदैछ

बिआरटीनेपाल २०७९ साउन १९ गते २१:५४ मा प्रकाशित

डेनभर । कोलोराडो डिपार्टमेन्ट अफरेभेन्युले स्टेट ट्याक्स भरेका २४ लाख कोलोराडोबासीलाई ७ सय ५० डलरको चेक पठाउँदैछ । उक्त चेक ढिलोमा अगस्टको मध्यसम्म कोलोराडोबासीको मेल बक्समा पुगिसक्ने जनाइएको छ ।

यी चेक कोलोराडो ट्याक्सपेयर बिलअफ राइटको प्रावधानअनुरूप पठाइन लागेको हो । यस अनुसार कोलोराडोले योजनाभन्दा बढी रकम खर्च गर्न पाउँदैन । कोलोराडोले यसरी योजनामा समावेश भएको खर्च भन्दा बढी उठेको करको रकम करदातालाई फिर्ता पठाउँछ ।

यो वर्ष त्यसरी फिर्ता हुने रकम कम्तिमा ७ सय ५० अमेरिकी डलर छ । बढी रकम फिर्ता पठाउने उक्तकानूनको मस्यौदा गभर्नर जारेड पोलिसले हस्ताक्षर गरेका थिए । एकल ट्याक्स तिर्नेमानिसले कम्तीमा ७ सय ५० अमेरिकी डलर र संयुक्त ट्याक्स तिर्ने जोडीले कम्तीमा १ हजार ५ सय अमेरिकी डलरको चेक पाउने छन् । चेकपाउनगत डिसेम्बर ३१ माकम्तिमा १८ वर्ष पुरा गरेको र आर्थिक वर्ष २०२१ मा कर चुक्ता गरेको हुनुपर्नेछ ।

प्रोपर्टी ट्याक्स/रेन्ट/हिट क्रेडिट (पिटिसी) रिबेटका लागि छानिएका पनि यो चेककालागि योग्य हुनेछन् । प्रोपर्टी ट्याक्स÷रेन्ट÷हिट क्रेडिट (पिटिसी) रिबेटका लागि निश्चित आय भएका ६५ वर्ष वो सोभन्दा बढी उमेरका कोलोराडोबासीमात्र छानिएका थिए । साथै यो चेककालागि कोलोराडोमा एक वर्ष बसोबास गरेको हुनुपर्नेछ ।

हालै पारपाचुके (डिभोर्स) भएका जोडीको हकमा गत आर्थिक वर्षको कर चुक्ता गर्दा प्रयोग भएको ठेगानामा चेक पठाइने छ । चेक अलग अलग पाउन चाहने जोडीको हकमा डिपार्टमेन्टले रकम बाँडफाँड गरेर छुट्टाछुट्टै चेक पठाउने छ । डिपार्टमेन्ट अफरेभेन्युले अगस्ट १ देखि चेक पठाउन सुरु गरिसकिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू