अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

भलिबल संघको अध्यक्षमा निरोज मास्केको उम्मेदवारी

बिआरटीनेपाल २०७९ साउन १७ गते ६:४७ मा प्रकाशित

नेपाल भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केले उम्मेदवारी घोषणा गरेकी छिन् ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघकी वर्तमान उपाध्यक्ष मास्केले चुनावी घोषणा पत्र सहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।नेपाल भलिबल संघको केन्द्रिय निर्वाचन भदौ २२ गते काठमाडौंमा हुँदैछ । सोही निर्वाचनलाई लक्षित गर्दै मास्केले एक महिना अघिनै नेतृत्वमा उम्मेदवारी घोषणा गरेकी हुन् । मास्केले उम्मेदवारी घोषणा कार्यक्रममा नेपालको भलिबल विकासको विविध एजेण्डा र कार्यक्रम समेत प्रस्तुत गरेकी छिन् ।

उनले भलिबलको पूर्वाधार विकासदेखि कार्यक्रम, प्रशिक्षण, प्रोत्साहन र प्रशासनीक सुधारको कार्यक्रमलाई अघि सारेकी छिन् । उनले नेपाली भलिबलको व्यवसायीकता र संस्थागत विकासका लागि नेतृत्वमा दाबी गरेको बताईन् । उनले संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय तहसँग सहकार्य गर्ने र नीजि क्षेत्र सहित विभिन्न रणनीतिक साझोदारलाई भलिबल खेलको विकाससंग जोड्ने एजेण्डा अघि सारेकी छिन् ।

भलिबल विकासका लागि पाँच ‘प’ मा आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै मास्केले प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनीक सुधारमा केन्द्रित रहेर अघि बढ्ने बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू