अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

२२ औं राष्ट्रमण्डल खेल आजदेखि इंग्ल्याण्डमा सुरू

बिआरटीनेपाल २०७९ साउन १३ गते ८:४१ मा प्रकाशित

२२ औं राष्ट्रमण्डल खेल आज शुक्रबार इंग्ल्यान्डको बर्मिङघममा सुरू भएको छ । खेलको औपचारिक सुरुवात बेलायती राजकुमार चार्ल्सले महरानी एलिजावेथको सन्देश पढेर गर्नुभएको छ ।३० हजार दर्शकमाझ भव्य रुपमा सुरू गरिएको प्रतियोगिता ११ दिनसम्म चल्नेछ । प्रतियोगितामा विभिन्न ७२ देशका ५ हजार बढी खेलाडीले २ सय ८० पदकका लागि प्रतिस्पर्धा गर्दैछन ।

प्रतियोगिताको उद्घाटन अट्रेलियाको मार्चपासबाट गरिएको थियो । आयोजक इंग्ल्याण्ड अन्तिममा देखिएको थियो । उद्घाटन कार्यक्रममा १० मिटर लामो साँढे बनाएर बर्मिङघमले गरेको संघर्ष देखाइएको थियो । संर्घषपूर्ण अवस्थाबाट कसरी समृद्धिको यात्रामा अगाडी बढ्न सफल भयो भन्ने सन्देश दिन खोजिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू