अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

अनेसास, कोलोराडो शाखाको २०९ औँ भानुजयन्ती कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७९ साउन ७ गते १९:५८ मा प्रकाशित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाद्वारा यही जुलाई १७ तारिख कोलोराडोको ब्रुमफिल्ड सहरमा एक कार्यक्रमको आयोजना गरी २०९ औँ भानु जयन्ती मनाइयो ।

आदिकवि भानुभक्त आचार्यको तस्बिरमा उपस्थित साहित्यप्रेमीहरुद्वारा फूल चढाएर सुरु भएको उक्त कार्यक्रममा नेपाल रेडक्रसका पूर्व कार्यकारी प्रमुख तथा साहित्यकार पुष्पराज पौडेलले भानुभक्त आचार्यको जीवनीको विविध पक्ष र वहाँको कृतित्वको बारेमा चर्चा गर्नुभएको थियो । यसै गरी अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष पदम विश्वकर्माले भानु जयन्तीको महत्त्वको बारेमा चर्चा गर्दै आफ्नो रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा अनेसास केन्द्रीय सदस्य तारा अधिकारी, अनेसास कोलोराडो शाखाको पूर्व अध्यक्ष भूपेन्द्र महत तथा कातिपुर दैनिकका पत्रकार पारसप्रकाश नेपालको पनि उपस्थिति थियो । कार्यक्रममा रचना वाचन गर्नेहरुमा तारा अधिकारी, भूपेन्द्र महत, पुष्पराज पौडेल, वासुदेव खनाल, विजयदेव अधिकारी, दीप्ति आचार्य, शारदा त्रिपाठी, लाल चौलागाइ, किरण अधिकारी हुनुहुन्थ्यो । अनेसास, कोलोराडो शाखाका सचिव लाल चौलागाइले कार्यक्रममा उपस्थित अतिथि र साहित्यप्रेमीहरुलाई स्वागत गर्नुभएको थियो भने शाखाका महासचिव किरण अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष राजु सिटौलाले गर्नुभएको थियो ।

प्रतिक्रिया