अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२१ | Colorodo: 14:36

एक दिनमै सुनको भाउ तोलामा एक हजारले घट्यो

बिआरटीनेपाल २०७९ साउन ५ गते ८:०७ मा प्रकाशित

लगातार तीन दिनसम्म स्थिरजस्तै रहेको सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाला सुनको भाउ आज एक हजार रुपैयाँले घटेर कारोबार भएको हो ।

बुधबार तोलाको ९४ हजारमा कारोबार भएको सुन बिहीबार ९३ हजार रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार सुन सोमबार तोलाको ९४ हजार, मंगलबार ९३ हजार ८०० र बुधबार ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । बुधबार तोलाको एक हजार १६५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर एक हजार १५५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

 

प्रतिक्रिया