अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

शेयर बजार झन्डै ५ अङ्कले बढ्यो, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ साउन ४ गते ७:२७ मा प्रकाशित

लगातार आठौँ दिन आज पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार ४ दशमलव ८९ अङ्कले बढेर दुई हजार ५० दशमलव ५९ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, लघुवित्त, लगानी र म्युचुल फन्ड समूहको शेयर बढेको छ । बैंकिङ, व्यापार, होटल, जलविद्युत र जीवन बीमा समूहको शेयर भने घटेको छ ।

आज दुई सय १५ वटा कम्पनीका ४१ लाख ३३ हजार कित्ता शेयर एक अर्ब ७३ करोड १८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

शेयर बढेकाे दिन मल्टिपर्पोज फाइनान्सको शेयर साढे पाँच प्रतिशत र कर्णाली विकास बैंकको शेयर झन्डै साढे चार प्रतिशतले बढेको छ । लक्ष्मी इक्विटी फन्डकाे शेयर साढे ६ प्रतिशतभन्दा धेरै र इमर्जिङ नेपालको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया