अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

एन्फा र एनएसएलबीचको सम्झौता रद्द हुने

बिआरटीनेपाल २०७९ असार २४ गते ७:२९ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) र फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) बीचको सम्झौता रद्ध हुने भएको छ ।एन्फा पदाधिकारी र एनएसएललाई लिएर असन्तुष्ट चार ए डिभिजन क्लबबीच शुक्रबार भएको छलफलपछि एनएसएल आयोजना गर्न गरिएको सम्झौता प्रक्रिया विपरीत रहेकाले रद्द गर्न सिफारिस गर्ने निर्णय भएको हो ।

छलफलमा एन्फाको तर्फबाट वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, अन्य दुई उपाध्यक्ष, महासचिव र महिला सदस्य तथा चारवटा क्लबका प्रतिनिधि सहभागी थिए । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिताको आयोजक एनएसइएमका सीईओ सुदीप शर्माले भने आफूलाई सम्झौता रद्द भएको बारे जानकारी नभएको बताउनुभयो  ।कोभिड–१९ महामारीका बेला फुटबल गतिविधि नहुँदा एन्फाले निजी क्षेत्रसँग मिलेर २०७८ सालको सुरुमा पहिलो संस्करणको एनएसएल सफलतापूर्वक आयोजना गरेको थियो ।

तर, खेलाडी अक्सन गरेको विषयमा ए डिभिजन क्लब र एनएसएल आयोजकबीच विवाद हुँदा २०७८ चैतदेखि हुने भनिएको दोस्रो संस्करण तोकिएको समयमा हुन सकेको छैन् । ए डिभिजन क्लबहरुले आफ्नो क्लबमा करारमा रहेकै बेला खेलाडीको अक्सन गरेको भन्दै विरोध गरेपछि एनएसएल र क्लबबीचको विवाद सुरु भएको हो ।

प्रतिक्रिया