अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

बिआरटीनेपाल २०७९ असार २२ गते ८:०४ मा प्रकाशित

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङमार्फत परीक्षण गर्दा दुई वटा नमूनामा ‘बीए फाइभ’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।संक्रमित केसको नमुना केन्द्रिय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भारत र नेपालको सिमा नाका तथा प्रयोगशालाबाट आएका ३२ वटा नमुनालाई जिन सिक्वेन्सिङ गरिएको थियो ।

जसमध्ये दुई वटामा ‘बीए फाइभ’, अर्को दुईमा ‘बीए वान’ र बाँकी २८ वटामा ‘बीए टु’ पुष्टि भएको उहाँले जानकारी दिनुभयो । यसैबीच पछिल्लो २४ घण्टामा थप १ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २४ परीक्षणमा १ सय १३ जनामा संक्रमण देखिएको हो । जसमध्ये १ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १ सय ७५ जनाको एन्टिजेन परीक्षणमा २३ सय ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया