अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

चीनमा फेरी कोरोना संक्रमण दर बढ्याे, सियान शहरमा लकडाउन

बिआरटीनेपाल २०७९ असार २२ गते ७:०७ मा प्रकाशित

चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ ।सोही शहरमा प्रत्येक दिन १८ जना काेराेनाका नयाँ संक्रमित फेला पर्न थालेका छन् । १ करोड ३० लाख जनसंख्या भएको सियान शहरका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् ।

गत वर्षको अन्त्यमा ऐतिहासिक शहर सियानमा एक महिना लामो लकडाउन गरिएको थियो । कोभिडको ओमिक्रोन सव भेरियन्टबाट जोगिन लकडाउन गरिएको चीन सरकारले जनाएको छ । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा पनि देखिएको थियो ।

लकडाउनको अवधिभर पव, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जनका स्थलहरु बन्द हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू