अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

भारतको राजस्थानमा मुस्लिमद्धारा हिन्दुको हत्या,धार्मिक दंगा हुनसक्ने आशंकामा प्रशासनले उच्च सतर्कता अपनायो

बिआरटीनेपाल २०७९ असार १५ गते ७:१८ मा प्रकाशित

 भारतको राजस्थानमा मुसलमान समुदायका दुई जनाले एक हिन्दुको हत्या गरेर सामाजिक सञ्जालमा पोस्ट गरेको विषयले त्यहाँ तनाव बढेको छ ।धार्मिक दंगा मच्चिन सक्ने आशंकामा प्रशासनले उच्च सतर्कता अपनाएको छ । राजस्थानको उदयपुर जिल्लामा कन्हैया लाल नाम गरेका स्थानीय दर्जीलाई मंगलबार दुई मुस्लिम पुरुषले हत्या गरेका थिए । हत्याको भिडियो भने सामाजिक सञ्जालमा सार्वजनिक गरिएकाे हाे । ती दुई जनाले अर्को भिडियोमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की समेत दिएका छन् । ती दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्माले पैगम्बर मुहम्मदको विषयमा गरेको टिप्पणीको बदला लिन हिन्दू दर्जीको हत्या गरिको बताएकी छन् । हत्याको विरोधमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशंका गरिएको छ । राज्य सरकारले इन्टरनेट सेवा बन्द गरेको छ भने ठूला जमघटमा प्रतिबन्ध लगाएको छ ।

हत्या र धम्कीको भिडियो मिडिया र सामाजिक सञ्जालमा प्रसारण नगर्न पनि प्रहरीले सचेत गराएकाे छ । नुपुर शर्माको टिप्पणीलाई समर्थन गरेको आरोपमा तीन साता पहिले कन्हैया लाललाई प्रहरीले पक्राउ समेत गरेको थियो । तर उनी रिहा भएलगत्तै उनको पसलमा लुगा सिलाउने बहानमा पुगेकाहरूले पसलमै आक्रमण गरी हत्या गरेका थिए । भारतका विभिन्न मुस्लिम संघ संगठनहरूले पनि हत्याको निन्दा गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू