अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

नर्वेको नाइट क्लबमा अन्धाधुन्ध गोली चल्यो, दुईजनाको मृत्यु

बिआरटीनेपाल २०७९ असार ११ गते ८:४८ मा प्रकाशित

नर्वेको ओस्लोस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुई जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।शनिबार बिहान भएको घटनाका शंकास्पद एक जनालाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ । आक्रमणको कारण स्पष्ट भइनसकेको तथा घटनाको छानबिन भइरहेको अधिकारीहरूले बताएका छन् ।

बन्दुक हिंसाबाट अति प्रभावित संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्न सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गरेको भोलिपल्ट नर्वेमा सो आक्रमण भएको हो । पछिल्लो समय अमेरिकामा बन्दुक हिंसा बढेपछि सिनेटले नयाँ कानुन पारित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू