अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

अमेरिकी सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित

बिआरटीनेपाल २०७९ असार १० गते ८:०४ मा प्रकाशित

अमेरिकाको माथिल्लो सदनले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ ।अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए ।तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताउनुभयो ।

अब तल्लो सदनमा प्रस्तुत हुने विधेयक अनुमोदनपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ । राष्ट्रपतिबाट विधेयक स्वीकृत भएपछि विधेयक कानुनमा रुपान्तरण हुनेछ । राष्ट्रपति बाइडनले विधेयकमा शीघ्र मतदान हुनुपर्ने बताउनुभएको छ ।टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुकको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि आज १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुँदैछ ।

मानसिक स्वास्थ्य, विद्यालय सुरक्षा, पत्कालीन अवस्थामा तत्काल हस्तक्षेप गर्ने अधिकारसहितका कार्यक्रम, आपराधिक पृष्ठभूमि जाँच प्रणालीमा किशोरकिशोरीका अभिलेख समावेशलगायत प्रावधान प्याकेजमा समावेश गरिएको छ । ३९ करोड अमेरिकीसँग बन्दुक रहेका तथा सन् २०२० मा मात्र बन्दुकसम्बन्धी हिंसामा परी ४५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएको थियो । यो झण्डै ३० वर्षयताकै हतियारसम्बन्धी सबैभन्दा महत्वपूर्ण कानुन हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू