अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४० | Colorodo: 20:55

७५ वर्षको इतिहासमा युरोप यसवर्ष सबै भन्दा बढी गर्मी

बिआरटीनेपाल २०७९ असार ६ गते ७:२४ मा प्रकाशित

फ्रान्समा १९४७ यताकै गर्मी यस वर्ष बढेको यहाँको मौसम विभाग ले जनाएको छ । गर्मीका कारण मानिसहरूको जनजीवन प्रभावित बनेको छ ।अस्पतालमा मानिसहरूको संख्या भरी भराउ भएको फ्रान्सेली स्वास्थमन्त्री ब्रीजिट्बोरगुइन ले फ्रान्स दक्षिण पुर्बी लियोन सहर को नजिम भियोन सहर मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताउनु भयो । स्कुलका बालबालिकाहरूलाई सतर्कता अपनाउन सार्वजनिक सन्देश जारी गरीएको छ । उच्च गर्मी भएकाले रेड एरिया तोकीएर घर भित्रै बस्न स्वास्थ्य मन्त्रालयले हित वेभ बटम लाइनमा जनाएको छ ।शुक्रबार ३५ डिग्री र शनिबार ३८ डिग्री तापक्रम पुगेको छ भने यो महिना भरिमा ४२ डिग्री तापक्रम पुग्ने मौसम विभागले जनाएको छ । रेड्क्रस ले फ्रान्स को तुलुज सहर घरबहार बिहिन समुदायका मानिसहरूलाई चिसो पानी बितरण गरेको छ।मौसम विभागका अनुसार १९४७ पछि सबै भन्दा गर्मी यस वर्ष भएको जनाएको छ। शुक्रबार र शनिबार फ्रान्सको दक्षिणी अन्य केही भग मा ४२ डिग्री तापक्रम पुगेको जनाएको छ।

जलवायु परिवर्तन ले गर्दा तापक्रम बढेको र अब सामन्य भन्दा बढी तापक्रम हुने बताइएको छ । फ्रान्स को केही भागमा आधी हुरि र मेघगर्जनकासाथ पानी पर्ने मौसम विभागले अनुमान गरेको छ ।जलवायु परिवर्तनम स्वरूप गर्मीको लहरहरू पहिले भन्दा छिटो सुरु हुँदैछ” जेनेभामा विश्व मौसम संगठनका प्रवक्ता क्लेयर नलिसले भने । “हामीले आज जे देखिरहेका छौं त्यो दुर्भाग्यवश भविष्यको संकेत हो ।

यदि वायुमण्डलमा हरितगृह ग्यासहरूको सांद्रता बढ्दै गयो र ग्लोबल वार्मिङलाई पूर्व औद्योगिक स्तरबाट २ डिग्री सेल्सियसमा धकेलियो भने झन खतरा भोग्नुपर्ने छ” ।फ्रान्समा वृद्ध व्यक्तिहरूका हेरचाहका लागि घरहरूमा विशेष उपायहरू अपनाइएको छ । भवनहरूलाई चिसो पार्न पानी छर्किँदै छ र बासिन्दाहरूलाई अनुकुल कोठातिर लगिंदै छ ।

जिरोंद विभाग जसमा बोर्दो शहरपनि पर्छ, अधिकारीहरूले सबै सार्वजनिक कार्यक्रमहरू बाहिर वा अनुकुल नभएका ठाउँहरूमा शुक्रबार दिउँसो २:०० बजेबाट प्रतिबन्ध लगाइएको छ।गर्मीमा हानिकारक धुवाँ वा ओजोनको एकाग्रतालाई सीमित गर्न पेरिस वरपर धेरै क्षेत्रहरूमा गाडीको गति सीमाहरू तोकिएको छ । पेरिसका प्रहरी प्रमुख डिडियर लालेमेन्टले शनिबार राजधानीमा सूक्ष्म कण प्रदूषणका कारण कम प्रदूषण गर्ने सवारी साधनलाई मात्र चलाउन दिएको बताए ।

विद्युतीय ग्रिड अपरेटर आरटीईले पंखा र एयर कन्डिसनरको बढ्दो प्रयोगले पनि विद्युत खपत बढाएको बताएको छ । यहाँ रहेको विभिन्न नेपाली समुदाय का संघसंस्थाहरूले पनि उच्च गर्मी भएकाले काम विशेष भन्दा बाहेक अरु समयमा आफू रहेको घरमा बस्न र गर्मी बाट वचन आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ। अहिले सम्म नेपाली समुदाय मा यस्को कुनै असर परेको जानकारी मा आएको छैन । यस विषयमा एन आर एन ए फ्रान्स का अध्यक्ष गिता खनालले मानिसहरूलाई अनावश्यक रुपमा बाहिर ननिस्कन र आफू बसेको घरमा नै सुरक्षितसँग रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू