अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

शासक झुकेर एसपीपी सम्झौता गर्न सक्छन् : नेता महरा

बिआरटीनेपाल २०७९ असार ६ गते ७:०५ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने आशंका व्यक्त गर्नुभएको छ ।सोमबार काठमाडौंमा भएको ३१औं किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपीपी राष्ट्रहित विपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।नेता महराले भित्रभित्रै सम्झौता गर्ने र ४/५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिनसक्ने बताउनुभयो ।

उहाँले यो सम्झौताका लागि एमसीसीले ढोका खोलेको र एमसीसीसँग जोडिएको आईपीएसको अर्को रूपमा एसपीपीले नेपालमा स्थान पाएको उल्लेख गर्नुभयो । नेता महराले साम्राज्यवादको नियन्त्रणमा देश जानसक्नेतर्फ पनि आशंका व्यक्त गर्दै सबै नागरिकहरू तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया