अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

इन्धनको मूल्यवृद्धि गरेर सरकारले संसदको अपमान गर्‍यो : प्रदीप ज्ञवाली

बिआरटीनेपाल २०७९ असार ६ गते ७:०३ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गरेर संसदको अपमान गरेको बताउनुभएको छ ।अर्थमन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्ने वचन दिएको भएपनि सो वचन लत्याउँदै मूल्यवृद्धि गर्नुले संसदको समेत अपमान भएको उपमहासचिव ज्ञवालीको तर्क थियो ।

सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारले पेट्रोलियम पद्धार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो । उपमहासचिव ज्ञवालीले पेट्रोलियम पद्धार्थमा लाग्दै आएको केही कर हटाउन सके जनतालाई राहत हुने पनि बताउनुभयो । उहाँले आयल निगमको संस्थागत सुधार गरेर पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने विकल्पसमेत प्रस्तुत गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताको लागि आफूहरूले आवाज उठाएको भन्दै सरकारले गम्भिरतापूर्वक नलिए आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया