अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले कुवेतलाई २५ रनले हरायो

बिआरटीनेपाल २०७९ असार ४ गते ८:०९ मा प्रकाशित

एसीसी महिला टी-२० च्याम्पियनसिप क्रिकेटमा नेपालले कुवेतलाई २५ रनले हराएको छ ।मलेसियाको किनरारा मैदानमा नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको  नेपालका लागि रुविना क्षेत्रीले नटआउट ३४ र इन्दु बर्माले नटआउट २८ रन जोडे । कुवेतकी मरिमा हैदरले २ विकेट लिइन् ।

नेपालले हिजो पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा छ । प्रतियोगितामा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन छन् ।नेपालले आउँदो सोमवार बहराइन र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्नेछ । प्रतियोगिताको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कपमा छनोट हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू