अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२५ | Colorodo: 20:40

विदेश पठाइदिने भन्दै २१ लाख बढी ठगी गरेको आरोपमा एक पक्राउ

बिआरटीनेपाल २०७९ असार ३ गते ८:३२ मा प्रकाशित

प्रहरीले विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। बारा जितपुर सिमरा उप(महानगरपालीका-१ घर भई काठमाडौं महानगरपालिका-१४ हाँडीगाउँ बस्ने ३२ वर्षीय रूपेश कार्कीलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्कीले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप छ। प्रहरी उपरीक्षक मैनालीका अनुसार कार्कीले पोखरा महानगरपालीका(१६ बिरौटाका पीडितलाई क्यानडा पठाइदिन्छु भन्दै ११ लाख ७१ हजार ठगी गरेको आरोप छ। यस्तै, काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाका पीडितलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै ९ लाख ७५ हजार ठगी गरेको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो।

जिल्ला प्रहरी परिसर काठमाडौंले कार्कीमाथि मुलुकी अपराध ऐन २०७४ कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद गरी अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले यस्तै घटनामा अन्य व्यक्तिहरू समेत ठगी भएको भए समपर्कमा आउन अनुरोध गरेको छ।

प्रतिक्रिया