अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

एमाले अध्यक्ष ओली भेट्न गृहमन्त्री र कानुनमन्त्री बालकोटमा

बिआरटीनेपाल २०७९ असार ३ गते ८:२२ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानुभएको छ । शुक्रबार अपरान्ह गृहमन्त्री र कानुन मन्त्री ओली निवास बालकोट पुग्नुभएको हो । गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीका अनुसार नागरिकता विधेयकबारे छलफल गर्न दुई मन्त्री ओली भेट्न गएका हुन् । सरकारको नागरिकता विधेयक अघि बढाउने तयारी छ । त्यसका लागि दलीय सहमति जुटाउन सरकारका मन्त्रीले प्रमुख विपक्षी दललाई विश्वासमा लिने प्रयासमा लागेको बुझिएको छ ।

पछिल्लो समय गृहमन्त्री खाणलगायतका मन्त्रीहरुले नागरिकता विधेयकबारे छलफल तीव्र बनाउनुभएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस भएको छ ।

प्रतिक्रिया