अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 01:39

एकीकृत समाजवादीद्वारा संगठन विस्तारकाे तीन महिने अभियान शुरू, छोटो अवधिमा नै पार्टी मजबुत भएकाे निष्कर्ष

बिआरटीनेपाल २०७९ असार ३ गते ८:१४ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) ले संगठन विस्तार साथै पार्टी सदस्यता वितरणलाई जोड दिएको छ।पार्टीका महासचिव डा बेदुराम भुसालको अध्यक्षमा बिहीबार बसेको केन्द्रीय संगठन विभागको बैठकले असारदेखि भदौसम्म तीन महिना सदस्यता वितरण विशेष अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

अन्तर संगठन निर्देशन पठाउँदै पार्टीको केन्द्रीय संगठन विभागले केन्द्रीय परिषद्लाई पूर्णता दिन पहिले प्रतिनिधित्व भइसके बाहेकका मोर्चा जनसंगठनलाई विधानको व्यवस्थाअनुसार नाम पठाउन भनिएको छ।

त्यस्तै, असार मसान्तभित्र पार्टी सदस्यता अद्यावधिक गर्न, नवीकरणको काम भदौ मसान्तभित्र सक्न पनि निर्देशनमा भनिएको छ। एमालेसँगको विद्रोह गरेको छोटो अवधिमा नै पार्टी मजबुत हुँदै गरेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया