अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

फिफा विश्वकप २०२६ : आयोजक शहर र रंगशालाको सार्वजनिक

बिआरटीनेपाल २०७९ असार ३ गते ७:४५ मा प्रकाशित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको छ ।फिफाले विश्वकप आयोजना हुने १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो ।

सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने छ । विश्वकप खेल अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुने छ ।

सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ । सन् २०२२ को विश्वकप भने डिसेम्बरबाट कतारमा हुँदैछ । कतार विश्वकपमा सहभागी हुने ३२ राष्ट्रको पनि टुङ्गो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू