अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनीको मृत्यु

बिआरटीनेपाल २०७९ असार ३ गते ७:३९ मा प्रकाशित

इजरायलको वेस्ट बैंकस्थित सशस्त्र प्यालेस्टाइनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ ।आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीनजनाको मृत्यु भएको हो ।

एएफपीका एक फोटोग्राफरले बुलेट प्वालले भरिएको सेतो गाडी उक्त क्षेत्रमा रहेको बताएका छन् । त्यहाँ इजरायली सेनाले हालैका महिनाहरूमा कारबाही बढाएको छ । फोटोग्राफरले जेनिनको शवगृहमा तीन जनाको शव देखेको बताए । उनीहरूको पहिचान जेनिनका २३ वर्षीय युसेफ सलाह, २४ वर्षीय बारा लहलुह र २४ वर्षीय लैथ अबु सरुर रहेको बताइएको छ ।

जेनिनमा दुई फरक स्थानमा हतियार खोज्नका लागि अभियान चलाएको इजरायली सेनाले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू