अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुवात

बिआरटीनेपाल २०७९ असार ३ गते ७:३१ मा प्रकाशित

नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । मलेसियामा आज भएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो । यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो । भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन बनाउनुभयो । यस्तै एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन र पेमा सोल्डेनले ४ रन जोड्नु भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनायो । च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग भोली खेल्नेछ । यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

यस्तै समूह ए मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू