अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

राष्ट्रिय फुटबल टोली स्वदेश फर्किए

बिआरटीनेपाल २०७९ असार २ गते ८:४१ मा प्रकाशित

एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएका छन् ।कतार एअरलाइन्सबाट नेपाली टोली बिहीबार नेपाल आईपुगेका हुन् ।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले स्वागत गरेका छन् । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्केपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर अलमुताईरी भने आफ्नो घर कुवेतमै बसेका हुन् ।

छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ ले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० को भारी अन्तरले पराजित हुन पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू