अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

नेपालमा मङ्कीपक्सका शङ्कास्पद एक जना बिरामी भेटिए, टेकु अस्पतालमा भर्ना

बिआरटीनेपाल २०७९ असार २ गते ८:२७ मा प्रकाशित

विदेशबाट काठमाण्डौ आएका मङ्कीपक्सका एक जना शङ्कास्पद बिरामी काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका छन् ।दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका ती शङ्कास्पद पुरुषलाई त्यहाँको हेल्थ डेक्सले सिधै टेकु अस्पताल पठाएको हो । ती पुरुषमा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको तर पूर्ण परीक्षणबाट आउने नतिजाबाट मात्रै मङ्कीपक्सको सङ्क्रमण हो या होइन भनेर पुुष्टि गर्न सकिने अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।

मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ । अहिले विश्वभर एक हजार ६ सय जनाभन्दा धेरै जनामा मङ्कीपक्स रोग पुष्टि भएको छ । नेपालसहित दक्षिण एसियाका कुनै पनि देशमा अहिलेसम्म मङ्कीपक्सबारे पुष्टि भएको छैन । मङ्कीपक्स प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कटका रूपमा वर्गीकरण गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आउँदाे हप्ता आपत्कालीन बैठकसमेत गर्न लागेको छ ।

प्रतिक्रिया