अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

प्रधानमन्त्री देउवाकाे अमेरिका भ्रमण अनिश्चित

बिआरटीनेपाल २०७९ असार २ गते ८:२४ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाकाे अमेरिका भ्रमण अनिश्चित बनेकाे छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित नभएको बताउनुभएकाे हाे ।

प्रधिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराइनुपर्ने प्रश्न उठेपछि प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाँणले अहिलेसम्म प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित नभएको जानकारी दिनुभयाे ।

‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषय अहिलेसम्म सुनिश्चित भएको छैन,’ खाँणले भन्नुभयाे, ‘विभिन्न देशको निमन्त्रणामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सरकारका पदाधिकारीहरू भ्रमणमा जाने कुरा स्वभाविक नै हो । उहाँको भ्रमण सुनिश्चित भएपछि संसद्लाई त्यसबारे जानकारी हुने नै छ ।’

प्रतिक्रिया