अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

इन्डोनेसियासँग नेपालको फराकिलो हार

बिआरटीनेपाल २०७९ असार १ गते ६:३६ मा प्रकाशित

एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।कुवेतमा मंगलबार राति भएको खेलमा नेपाल इन्डोनेसियासँग ७–० ले पराजित भएको हो ।जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो ।

खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई अग्रता दिलाए । ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २–० को अग्रता दिलाए । ५४ औं मिनेटमा आर्यन्टोले गोल गर्दै इन्डोनेसियालाई ३–० को अग्रता दिलाए । ५५ औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै इन्डोनेसियालाई अग्रता ४–० को अग्रता दिलाए । ८० औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दै इन्डोनेसियालाई ५–० को अग्रता दिलाए । ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्डोनेसियालाई ६–० को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियालाई ७–० को जित दिलाए ।

खेलको ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो । यो हारसँगै समूह ए मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक कुवेतले ४–१ ले हराएको थियो । समुहका तीन खेलबाट ९ अंक जोडेको जोर्डन समुह विजेता तथा ६ अंक जोडेको इन्डोनेसिया उपविजेता बन्दै अर्को वर्ष चीनमा हुने एसियन कप फुटबलका लागि छनौट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू