अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

नेपाल भलिबल सङ्घको जिल्ला र प्रदेशको निर्वाचन असार १० गतेभित्र गर्ने तयारी

बिआरटीनेपाल २०७९ जेठ २७ गते ८:०२ मा प्रकाशित

नेपाल भलिबल सङ्घको जिल्ला र प्रदेशको निर्वाचन असार १० गतेभित्र गर्ने तयारी सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि भलिबल सङ्घ जिल्ला र प्रदेश निर्वाचनमा होमिएको हो । जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गरेसँगै केन्द्रीय निर्वाचनको मिति तय गर्ने सङ्घको तयारी छ ।

पोखरामा जेठ २१ गते सम्पन्न केन्द्रिय कमिटिको पूर्ण बैठकले जिल्ला र प्रदेशको निर्वाचन असार १० गतेभित्र सक्ने निर्णय गरेको थियो । देश संघीय संरचनामा गैसकेपछि भलिबल संघको निर्वाचन पहिलो पटक हुन लागेको हो । सङ्घका सचिव मनवीर छन्तयालले केही दिनमै जिल्ला निर्वाचनको मिति सार्वजनीक गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू