अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

आईसीसी क्रिकेट विश्वकप लिग टु – ओमनसँग नेपाल १३ रनले पराजित

बिआरटीनेपाल २०७९ जेठ २७ गते ७:४४ मा प्रकाशित

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो । यो हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमै रहेको छ । ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा छ । अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू