अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

नेपाल जोर्डनसँग पराजित

बिआरटीनेपाल २०७९ जेठ २६ गते ७:०५ मा प्रकाशित

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गतको पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति नेपाल जोर्डनसँग २–० ले पराजित भएको हो ।

पहिलो हाफमा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा नेपालले दुई गोल खायो । जोर्डनका लागि अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।खेलको ६९ औं मिनेटमा ओल्वनले गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । यसैगरी, ८२ औं मिनेटमा हाम्जाले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई २–० को जित दिलाए ।

जितसँगै जोर्डनले समुहको पहिलो खेलबाट ३ अंक जोडेको छ । नेपालले अब दोस्रो खेलमा शनिबार घरेलु टोली कुवेतसँग खेल्नेछ । समुहको तेस्रो खेलमा नेपालको भिडन्त मंगलबार इन्डोनेसियासँग हुनेछ ।

समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै, उत्कृष्ट हुने मध्येबाट दुई टिमले पनि एसियन कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू