अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

आईसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको जित

बिआरटीनेपाल २०७९ जेठ २६ गते ७:०४ मा प्रकाशित

आईसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ । युकेएम ओभलमा आज भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हराएको हो । नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो ।

जितसँगै नेपालले छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले छनोटमा तेस्रो स्थान हासिल गरेको हो । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोर्यो । जसमा ६ अङ्क जोड्यो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकामा आयोजना हुने १९ वर्ष मुनिको विश्वकप खेल्नेछ । नेपालको विश्वकप सपना भने यसअघि नै समाप्त भईसकको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू