अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपको वरीयता खस्कियो

बिआरटीनेपाल २०७९ जेठ २५ गते ७:३५ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी वरीयता खस्किएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता खस्किएको हो ।

बलिङ वरीयतामा सन्दीप एक स्थान तल झर्दै ३९ औं स्थानमा रहेका छन् । बलिङतर्फ नेपालका अविनास बोहरा ८९ औं स्थानमा रहेका छन् । ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीको वरीयता पनि खस्किएको छ । कुशल ३८ औं स्थानमा झरेका छन् ।

यस्तै, दिपेन्द्र ४० औं स्थानमा झरेका छन् । ब्याटिङतर्फ नेपालका आसिफ शेख ९९ औं स्थानमा छन् । अलराउण्डरतर्फ दिपेन्द्रको वरीयता यथावत रहेको छ । दिपेन्द्र १० औं स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू