अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

नेपाल टी–२० लिगको पाँच सदस्यीय सञ्चालक परिषद् गठन

बिआरटीनेपाल २०७९ जेठ २५ गते ७:३३ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि सञ्चालक परिषद् (गभर्निङ काउन्सिल) गठन गरेको छ ।क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक रहने गरी पाँच सदस्यीय सञ्चालक परिषद् गठन भएको क्यानले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

समितिका सदस्यमा भारतीय पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल छन् ।

त्यस्तै लिगको रणनीतिक तथा व्यवसायिक साझेदार सेभेन थ्री स्पोर्टस्बाट जतिन अहलुवालिया सदस्य छन् । क्यान आफैंले आयोजना गर्न लागेको ऐतिहासिक फ्रेञ्चाइज क्रिकेट नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू