अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने लगानी बोर्डको तयारी

बिआरटीनेपाल २०७९ जेठ २३ गते ७:२१ मा प्रकाशित

लगानी बोर्डले ७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशाययुक्त जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले यो परियोजना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन बनाउन सुझाव समितिले प्रतिवेदन बुझाएको पनि बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत भट्टले उक्त आयोजना प्रतिवेदनको आधारमा आयोजनालाई अघि बढाउने गरी छलफल भएको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत भट्टले अपर कर्णाली वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धि आवश्यक निर्देशन पनि बोर्डबाट प्राप्त भएको बताउनुभयो ।

प्रतिक्रिया