अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

देशभर थपिए २१ जना कोरोना संक्रमित

बिआरटीनेपाल २०७९ जेठ २३ गते ६:५६ मा प्रकाशित

देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा ३ हजार २ सय ४८ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार ८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया