अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

आइतबारको बिदा खारेजीको माग गर्दै रिट दायर

बिआरटीनेपाल २०७९ जेठ २३ गते ६:५० मा प्रकाशित

हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सरकारले जेठ १ गतेदेखि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई कारण देखाउँदै आइतबार पनि बिदा थप गरेको थियो। उक्त बिदाले जनताको सेवा लिन पाउने अधिकार कुण्ठित भएकाले खारेजीको माग गर्दै रिट दायर गरिएको हो। अधिवक्ताहरु रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले बिना अध्ययन हचुवाका भरमा गरिएको बिदा खारेज गर्न माग गरेका छन्।

रिट निवेदनमा भनिएको छ, ‘मन्त्रिपरिषद्‌ले आवश्यक विचारविमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने गरी गरिएको मिति २०७९/१/१३ गते नेपाल राजपत्र भाग ५ मा मिति २०७९/१/२६ गतेको सूचनामा प्रकाशित निर्णय संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणको आदेशद्वारा अमान्य बदर गरी संविधान र कानुन बमोजिम उक्त निर्णयबाट हुने सम्पूर्ण काम कारबाही नगर्नु नगराउनु भनी परमादेशसमेत जारी गरी पाउँ।’

प्रतिक्रिया