अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

बजेटले स्वदेशी उद्योगलाई थप संकटतर्फ धकल्यो : घ्यू तेल उत्पादक संघ

बिआरटीनेपाल २०७९ जेठ २२ गते ८:५९ मा प्रकाशित

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वनस्पति घ्यू, तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी सरकारले ल्याएको बजेटले विरोधाभाषपूर्ण नीति अवलम्बन गरेको भन्दै स्वदेशी उद्योगलाई थप संकटतर्फ धकेल्ने बताएको छ ।

स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्‍याउने नीतिको शीघ्र समाधान खोज्न सरकारसँग संघले माग गरेको छ । समग्रमा वनस्पति तेल उद्योग समस्याग्रस्त अवस्थामा रहेको भन्दै संघले यसको शीघ्र समाधान नगरेको खण्डमा उद्योग बन्द भई यसले समग्र अर्थतन्त्रमा प्रत्यक्ष रुपले गम्भीर असर पार्नेतर्फ सचेत गराएको छ ।

उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा राहत दिनका लागि खाने तेलको महसुल दर कम गर्नुको सट्टा उद्योगलाई कम महसुल दरमा पाम र पामोलिदन तेलको आयात गर्न दिने नीति उचित नभएको संघको भनाई छ ।

प्रतिक्रिया