अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

कोलोराडोमा नेपाली भाषा पाठशाला सञ्चालन हुने

बिआरटीनेपाल २०७९ जेठ १९ गते १५:१० मा प्रकाशित

कोलोराडोमा रहेका नेपाली संस्थाहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखा नेपाली घर, एनआरएनए कोलोराडो च्याप्टर, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, सिस्टर्स ग्रुप अफ कोलोराडो, कोलोराडो नेवा: खल: तथा ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरको संयुक्त प्रयासमा कोलोराडोको नर्थग्लेन सहरमा यही जुन ४ तारिखदेखि नेपाली भाषा पाठशाला सञ्चालन हुने भएको छ ।

विशेष गरी थ्रन्टन, वेष्टमिनिस्टर, ब्रुमफिल्ड, कमर्स सिटी, नर्थग्लेन र डेन्भर सहरहरूमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गरेर सञ्चालन गर्न लागिएको यो भाषा पाठशालामा बालबालिकाहरूले आफ्नो गर्मी बिदाको समयमा नेपाली लेख्न, बोल्न, र पढ्न सिक्नेछन् । पाठशालाको सञ्चालकहरू मध्ये एक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले नेपाली हुनुको पहिचान नै नेपाली भाषा, साहित्य, कला र संस्कृति भएकोले त्यो पहिचानलाई यहाँ रहेका दोस्रो पुस्ताका नेपालीहरूमा कायम राख्न आफूहरूले यो पाठशाला सञ्चालन गर्न लागेको बताएका छन् । उनले कोलोराडोमा तयार हुँदै गरेको नेपालीहरूको साझा भवन नेपाली घर तयार भएपछि यस पाठशालालाई अझ व्यवस्थित रूपमा सञ्चालन गरिने जानकारी पनि दिए ।

प्रतिक्रिया