अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०७९ जेठ १७ गते ६:४० मा प्रकाशित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।

लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ । लिग टु अन्तर्गतकै सिरिजका लागि नेपाली टोली अहिले अमेरिका भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू