अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

क्यानको निर्णयविरुद्ध ईपीएलद्वारा सवोच्चमा रिट

बिआरटीनेपाल २०७९ जेठ १२ गते ८:३८ मा प्रकाशित

एभरेष्ट प्रिमियर लिग (ईपीएल) र यसका ६ वटा फ्रेन्चाइजी टीमले नेपाल क्रिकेट संघ (क्यान)को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ईपीएल र ६ टीमले बिहीबार विज्ञप्ति जारी गर्दै जारी लिगहरूलाई राष्ट्रिय लिगको मान्यता दिन नसकिने निर्णयविरुद्ध रिट दायर गरेको हो ।

साथै, क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग गरेको सम्झौतामा धेरै प्रश्नहरू खडा भएको तथा क्यान र सो कम्पनीबीचको सम्झौता नेपालको कानून विपरीत भएको रिटमा उल्लेख छ ।

नेपाली क्रिकेट क्षेत्र ईपीएलले आफ्नो चारवटा लिग गरिसकेको छ भने पाँचौं लिगको तयारीमा छ । क्यानले भने नेपालमा एउटै मात्र राष्ट्रिय लिग ‘नेपाल टी–२०’ हुने निर्णय गरिसकेको छ । बाँकी लिगहरूले आफूलाई क्षेत्रीय लिगमा रुपान्तरण गरेर आएमा मान्यता दिन सकिने पनि क्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू