अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

पार्टीभित्रको अन्तर्घातका कारण पार्टी दोश्रो स्थानमा बृहत् समीक्षा गर्नुपर्छ- अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ जेठ ११ गते ७:४२ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका व्यक्तिको अन्तर्घातका कारण पार्टी दोस्रो स्थानमा झरेको दाबी गर्नुभएको छ । संसद् भवन नयाँ बानेश्वरमा आज बुधवार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पालिका चुनावमा पार्टी हार्नुको कारण अरू नभइ अन्तर्घात नै भएको बताउनुभएको हो ।

यसअघि अरू पार्टीमा हुने गरेको अन्तर्घातको डरलाग्दो समस्या यस पटक एमालेमा देखिएको भन्दै ओलीले यस्ता गलत कर्म गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी पनि दिनुभएको बैठकमा सहभागी एक सांसदले जानकारी दिएका छन् ।

कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा नभइ यस पटक एमालेमा अन्तर्घात भएको उल्लेख गर्दे उहाँले यस विषयमा बृहत् रूपमा समीक्षा गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो । अध्यक्ष ओलीले केही–केही ठाउँमा सत्ता पक्षले धाँधली गरेको समेत आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू