अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

अमेरिकी राष्ट्रपति बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति योलबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ जेठ ७ गते ६:०१ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलका बीचमा शनिबार भेटवार्ता भएको छ ।योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक दक्षिण कोरियाको भ्रमणमा आउनुभएका बाइडेन र योलबीच सोलमा भेटवार्ता भएको हो ।

आणविक हतियारको चर्चा र कोरोना भाइरसको महामारी चलिरहेका बेला भएको उहाँहरूको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । उहाँले सोल राष्ट्रिय स्मृति पार्कमा प्रार्थना गरेर भ्रमणको सुरुवात गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसपछि दुई राष्ट्रपतिका बीचमा छलफल भयो र पत्रकार सम्मेलन गर्नुभयो । उहाँले आइतबार जापानको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उहाँहरूले आणविक हतियारसँगै रुस—युक्रेन युद्धलगायत विषयमा पनि छलफल गर्नुभएको जनाइएको छ ।

त्यसैगरी आपसी सम्बन्ध थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको अधिकारीहरूले जनाएका छन् । अमेरिकी रणनीतिका लागि जापान र दक्षिण कोरिया महत्वपूर्ण देश भएकाले पनि बाइडेनले ती देशका शीर्ष नेताहरूसँग छलफल गर्नुलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू