अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

काठमाण्डाैमा ९७ हजार मतगणना हुन बाँकी : स्थापित भन्दा बालेन १५ हजार ५८३ मतले अगाडि

बिआरटीनेपाल २०७९ जेठ ७ गते ५:५५ मा प्रकाशित

काठमाण्डाै महानगरपालिकामा अहिलेसम्म ९३ हजार ६४७ मत गणना भइसकेकाे छ । अहिलेसम्मकाे गणनाअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलाे मतान्तरका साथ अगाडि हुनुहुन्छ ।

बालेनले ३४ हजार १ सय ३० मत पाउनु भएकाे छ । मेयर पदमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित बालेन भन्दा १५ हजार ५८३ मतले पछाडि हुनुहुन्छ । स्थापितकाे पक्षमा १८ हजार ५ सय ४७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै, कांग्रेस उम्मेदवार सिर्जना सिंहले १८ हजार ४२९ मत पाउनुभएकाे छ । अब ९७ हजार ५२९ मत गन्न बाँकी छ ।

यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार सुनिता डंगाेलले फराकिलाे अग्रता कायमै राख्नुभएकाे छ ।

प्रतिक्रिया