अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनका सबै सहयोग गर्ने: बाइडेन

बिआरटीनेपाल २०७९ जेठ ६ गते ८:२५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनका लागि आवश्यक सबै खाले सहयोग गर्ने आश्वासन दिनुभएको छ ।स्वीडिस प्रधानमन्त्री म्यागडालिना एन्डर्सन र फिनिस प्रधानमन्त्री साउली निनिस्तोसँग बिहीबार राती ह्वाइटहाउसमा वार्ता गर्दै राष्ट्रपति बाइडेनले यस्तो आश्वासन दिनुभएको हो । स्वीडेन र फिनल्याण्डको निर्णय युरोप र खासगरी उत्तर युरोपको सुरक्षाका लागि ऐतिहासिक हुनेपनि बाइडेनको तर्क छ ।

रुसले युक्रेनमा हमला गरेपछि रुसको छिमेकी फिनल्याण्ड र स्वीडेनले नेटो सदस्यता लिने निर्णय गरेका हुन्। रुसले भने ती दुई देशलाई कडा चेतावनी दिंदै आएको छ । रुसको चेतावनीतर्फ संकेत गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले नेटो कसैका विरुद्ध खडा नभएको दावी गर्नुभएकाे हाे। उहाँले स्वीडेन र फिनल्याण्ड नेटोमा सामेल हुँदा कसैले खतरा महसुश गर्नु नपर्ने बताउनुभएकाे छ । उहाँले स्वीडेन र फिनल्याण्डको सदस्यताको आवेदन अमेरिकी कंग्रेसमा पेश गरेर छिट्टै अनुमोदन गर्ने पनि बताउनुभएको छ ।

अमेरिकी कंग्रेसको दुई तिहाई बहुमतले स्वीडेन र फिनल्याण्डको आवेदन अनुमोदन गरेपछि बल्ल उनीहरू नेटो सदस्य बन्ने बाटो खुल्ने छ । स्वीडेन र फिनल्याण्डलाई नेटो सदस्य बनाउने प्रक्रियाको नेटो सदस्य राष्ट्र टर्कीले विरोध गरेको छ । तर स्वीडेन र फिनल्याण्डका प्रधानमन्त्रीले टर्कीको चासो सम्बोधनका लागि वार्ता गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू