अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

अस्ट्रेलियाको बुद्ध जयन्तिमा लाख बत्ती र बुद्ध जन्मस्थलसम्बन्धी दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित

प्रभा श्रेष्ठ २०७९ वैशाख २८ गते ८:२२ मा प्रकाशित

अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो सहरमा अवस्थित The Great Stupa of Universal Compassion को हाताभित्र ७ बर्षिया छोरी वृष्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्यु भएकोले आफ्नी दिवङ्गत छोरीको सम्झनामा उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठद्वारा निर्मित गणेश मन्दिर (नेपालीद्वारा भिक्टोरियामा बनाइएको पहिलो मन्दिर) परिसरमा लुम्बिनी कपिलवस्तु विश्व अभियानद्वारा लाख बत्ती बालेर विश्व शान्तिको कामना गर्दै मनाइएको २६४६ औँ बुद्ध जयन्ती कार्यक्रममा The Great Stupa of Universal Compassion मा बुद्ध भारतमा जन्मनु भएको भनी लेखिएकोमा अभियानद्वारा गरिएको पत्राचारपछि सच्याएर नेपाल भनी उल्लेख गरेकोमा यस्का निर्देशक इयान ग्रिनलाई अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्वारा खादा ओढाएर र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे ।

२.५ मिटर अग्लो विश्वकै सबैभन्दा ठुलो रत्न गुणस्तरको बुद्ध मूर्ति राखिएको तर निर्माण प्रक्रिया चलिराखेको The Great Stupa of Universal Compassion को निर्माण कार्य सम्पन्न भइसकेपछि पश्चिमकै सबैभन्दा ठुलो बुद्धिस्ट स्मारक हुने र संभवत दक्षिण गोलार्धकै सबैभन्दा ठुलो बुद्धिस्ट मन्दिर हुने यो मन्दिरमा दैनिक सरदर ६००-७०० आगन्तुक आउने गर्छ भने बुद्ध जयन्तीको समयमा हजारौँ दर्शनाभिलाषीहरु आउने गर्छन् । बेन्डिगोमा गणेश मन्दिर बनेपछि बेन्डिगोबाट हिन्दु मन्दिरको लागि मेलबर्न जानुपर्ने समस्या हटेको छ भने हिन्दु परम्पराका कार्यक्रम यही गणेश मन्दिर परिसरमा गर्न सकिने भएको छ ।

सोही कार्यक्रममा प्रो एलिजाबेथ ह्यारिश, प्रो जियोफ्री हन्ट, डा पौल इनग्राम, डा महिन्दा डीगाले, डा किशोर बैद्य र प्रो हिसाओ इनागाकीद्धारा संयुक्त रूपमा लेखिएको Buddhist Studies for the Curious: Why Study Buddhist Studies पुस्तकको पनि विमोचन गरिएको थियो । पुस्तक विमोचनको सन्दर्भमा निर्देशक इयानले जीवनलाई अर्थपूर्ण र सम्पन्न बनाउन बुद्धिज्मसम्बन्धी अध्ययनको महत्त्वबारे प्रकाश पारे ।

प्रियङ्का प्रधानद्वारा उद्घोषणा गरिएको सो कार्यक्रममा मेलबर्नबाट करिब ८० जनाको उपस्थितिमा कार्यक्रमको लागि ३ घण्टाको ड्राइभिङ गरेर आउने समेत थियो र कार्यक्रमको समाप्तिपछि कार्यक्रममा उपस्थित विदेशी सहित सबैले ८० वर्षकी दिलमाया श्रेष्ठ (कान्छी) को हातको टीका ग्रहण गरी आशीर्वाद ग्रहण गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू