अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

प्रकाश सपुत लाइभ इन डेनभर

बिआरटीनेपाल २०७९ वैशाख २८ गते ७:३० मा प्रकाशित

कोलोराडोमा लोकप्रिय गायक तथा नायक प्रकाश सपुतको सांगीतिक कार्यक्रम आयोजना गरिँदै छ । कोलोराडोमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको दिदीबहिनीको समूह सिस्टर ग्रुपले आयोजना गर्न लागेको उक्त कार्यकममा कोलोराडोमा बसोबास गर्दै आएका कलाकारहरूको समेत आकर्षक प्रस्तुति रहनुभएको छ जसमा महादेव त्रिपाठी, सम्झना पाण्डे, वसन्त लम्साल, दीपक गौतम, मनोज तुलाधर, रुपेश न्यौपाने, ऐश्वर्या तिवारी, परी र दियाको साथ हुनेछ ।

कोभिड महामारीले थला पारेको र करिब एकात्मक भएको जीवन शैलीमा थप ऊर्जा छर्ने र आपसी सद्भाव र आफ्नोपनको आयमलाई कायम गर्ने उद्देश्य राखेर आयोजना गरिएको उक्त कार्यक्रममा भौतिक र मानसिक थकान मेटेर लोकप्रिय गायकको साथमा रमाइलो साटासाट गरी नेपाली कला र कलाकारको उचित सम्मान गर्नु रहेको छ ।

सामाजिक काम योगदान दिँदै आएको सिस्टर ग्रुपको आयोजना मे १४ मा हुने उक्त कार्यकममा यहाँहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।

टिकट: सुरुमा २५ डलरको टिकटको व्यवस्था गरिए पनि अत्यधिक माग र सहभागिताको सङ्ख्या धेरै हुँदा हुने कार्यकमको रौनकतालाई ध्यानमा राखी कार्यक्रम स्थल परिवर्तन गरिएको र अब प्रति व्यक्ति १५ र जोडीको २५ कायम गरिएको छ ।

कार्यकममा आफ्नो स्थान सुरक्षित गर्न हार्दिक अनुरोध गरिन्छ ।

Shruti Pandey:347-605-4709
Dil Kumari Shrestha: 720 -345-9885
Shanti Bhusal: 720-648-8195
Prakash Paudel : 303-250-6323
Punya Dhakal: 303 -475-4104

कार्यक्रम मिति :May 14 2022
समय: साँझ ५ बजे देखि १० बजे सम्म
स्थान:Denver South High School
1700 E Louisiana Ave डेन्वेर
CO- 80210

यो कार्यक्रम सफल बनाउन साथ दिनुहुने सहयोगी हातहरू प्रति अनुगृहीत रहदै फेरि पनि Sisters group यहाँहरूको सहभागिता र सहयोगको लागि हार्दिक अनुरोध गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू