अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 21:49

रुस र इजरायलबीच वाक युद्ध

बिआरटीनेपाल २०७९ वैशाख २१ गते ६:५८ मा प्रकाशित

रुस र इजरायबीच यहुदीहरुको विषयलाई लिएर वाक युद्ध चुलिएको छ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनका नियो–नाजियोहरुको इजरायलले समर्थन गरेको आरोप लगाउनुभएको छ । यसअघि लाभरोभले अडोल्फ हिटलर यहुदी मुलको रहेको अभिव्यक्ति दिनुभएको थियो ।  सो अभिव्यक्तिलाई लिएर इजरायलका विदेशमन्त्री यायिर ल्यापिडले लाभरोभको अभिव्यक्तिमा माफी दिन नमिल्ने झुट भएको प्रतिक्रिया दिनुभएको छ ।

यो अभिव्यक्ति यहुदीहरुमाथि भएको नरसंहारलाई लुकाउने प्रयत्न गरेको इजरायलका विदेशमन्त्री ल्यापिडको तर्क छ । नाजी जर्मनीले ६० लाख युरोपीयन यहुदीहरु र अन्य अल्पसंख्यकहरुको हत्या गरिएको जनाइएको छ । पश्चिमा देशहरुले पनि रुसका विदेशमन्त्री सर्गेई लाभरोभको अभिव्यक्तिको निन्दा गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू