अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

अष्ट्रेलियामा एक दशकपछि बढ्यो ब्याजदर

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:३५ मा प्रकाशित

अष्ट्रेलियाको केन्द्रीय बैंकले एक दशक भन्दा लामो समयपछि ब्याज दर बढाएको छ ।बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाइएको हो । रिजर्व बैंक अफ अष्ट्रेलियाले निक्षेपको ब्याजदर शून्य दशलमव १ प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पुर्याएको हो ।

पेट्रोलियम पदार्थ, आवास निर्माण र खाद्यान्नको लागत बढेका कारण पहिलो त्रैमासिक अवधिमा अस्ट्रेलियाको उपभोक्ता मूल्य दुई दशक यताकै तीव्र गतिमा बढेपछि सन् २०१० को अन्त्यपछि पहिलो पटक दर वृद्धि गरिएको हो । आरबीएका गभर्नर फिलिप लोवेले मुद्रास्फीति अपेक्षाभन्दा छिटो बृद्धि भए पनि बेरोजगारी कम हुने र ज्याला वृद्धिमा सुधार हुने बताएका छन् ।

अष्ट्रेलियामा आमचुनावको तयारी हुदै गर्दै ब्याजदर वृद्धि हुँदा ऋणको ब्याज पनि बढ्ने र त्यसले घरायसी बजेटमा थप दबाब बढ्ने आकंलन गरिएको छ । पछिल्लो २१ वर्षमा उच्च मुद्रास्फीति ब्यहोरिरहेको अष्ट्रेलियामा मुद्रास्फिति ५ दशमलव १ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू