अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

एक वर्षमा प्रेस स्वतन्त्रता हनन्का ७५ घटना

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:३४ मा प्रकाशित

पछिल्लो एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हनन्का ७५ वटा घटना दर्ता भएका छन्। २०७८ वैशाख २१ देखि २०७९ वैशाख १२ गतेसम्मको अवधिमा ती घटना दर्ता भएका हुन्। नेपाल पत्रकार महासंघले आज सार्वजनिक गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन’ मा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो।

‘गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हनन्का घटनाहरुको संख्यामा वृद्धि भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ प्रेस स्वतन्त्रता अनुगमन इकाईमा यस वर्ष विभिन्न प्रकृतिका ७५ वटा घटना दर्ता भएका छन्, जसमध्ये सबैभन्दा बढी पेशागत असुरक्षासम्बन्धी घटनाहरु रहेका छन्।’ गतवर्ष यसै अवधिमा जम्मा ४५ वटा घटना रेकर्ड भएका थिए।

यस वर्ष दर्ता भएका ७५ वटा घटनामा २८१ पत्रकार तथा सञ्चारगृहहरु प्रभावित भएको महासंघले जनाएको छ। सबैभन्दा बढी घटना बागमती प्रदेशमा देखिएको छ।

प्रतिक्रिया