अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

रुसले युक्रेनको दुई पूर्वी क्षेत्र कब्जा गर्ने योजना बनाइरहेको अमेरिकाको दावी

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:२७ मा प्रकाशित

रुसले युक्रेनको दुईवटा पूर्वी क्षेत्र हडप्ने योजना बनाइरहेको अमेरिकी दाबी छ ।युरोपमा सुरक्षा र सहयोग संगठनका लागि अमेरिकी रजदुत माइकल कारपेन्टरले रुसले डोनेट्स्क जन गणतन्त्र र लुगान्स्क जन गणतन्त्रलाई आफैंमा मर्ज गर्ने प्रयास गरिरहेको बताउनुभएको हो । साथै रुसले यसबारे मे १५मा जनमत संग्रह गर्ने योजना पनि बनाएको छ । माइकलका अनुसार रुसले युक्रेनको तेस्रो क्षेत्र खेरसनका लागि पनि यस्तै योजना बनाएको अमेरिकी आशंका रहेको छ ।

रुसले हालैका दिनहरुमा खेरसनमा आफ्नो पकड बलियो बनाएको र त्यहाँका मानिसहरूलाई रुबल मुद्रा अपनाउन बाध्य पारेको बीबीसीले जनाएको छ । युक्रेनमा अब आउने दिनहरू झन बढी कठीन युक्त साबित हुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । सन् २०१४ मा रुसले युक्रेनको क्रिमिया प्रायद्वीपलाई आफुमा मिलाउने घोषणा गरेको थियो । तर, वरपरका रुसी भाषा बोल्ने क्षेत्रमा भने त्यसो गरेन । माइकलले यस्तो जनमत संग्रह र झुटो कुरालाई अमेरिकाले वैध नमान्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू