अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

महिलासँग मेरो धेरै फोटोहरू हुन सक्छन् – केशव स्थापित

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:२३ मा प्रकाशित

नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै सङ्गत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गर्नुभएको छ ।आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै सङ्गत नगरेको स्थापितले दाबी गर्नुभयो ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू महिलामैत्री भएकाले उनीहरूसँग आफ्नो धेरै फोटोहरू हुनसक्ने तर्क गर्नुभयो ।तर, महिलाहरूमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उहाँको जिकीर थियो । मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताउनुभयो ।

आफू मेयर हुँदा पुरुष कर्मचारीहरूले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको पाए पनि महिला कर्मचारीहरूले त्यसो नगरेकाले उनीहरूमाथि आफूले सधैं सम्मान भावले हेरेको दोहो¥याउनुभयो ।महिलाहरूको सधैं सम्मान गर्ने भए पनि आफ्नो बारेमा अनेक कुरा उठेको उहाँको गुनासो छ ।

स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरूमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताउनुभयो । उहाँले आफूले जनतालाई गाली नभएर काम गरेर फल दिनुपर्ने तर्क गर्नुभयो ।

प्रतिक्रिया